EM (प्रभावकारी सूक्ष्म जीवाणु): बहुउपयोगी जैविक समाधान
EM (प्रभावकारी सूक्ष्म जीवाणु): बहुउपयोगी जैविक समाधान
इफेक्टिभ माइक्रोअर्गानिज्म (EM) अर्थात् प्रभावकारी सूक्ष्म जीवाणु विभिन्न लाभदायक सूक्ष्मजीवहरूको (लैक्टोबेसिलस, फोटोसिन्थेटिक ब्याक्टेरिया, र यीस्ट) मिश्रण हो, जसले कृषि, पशुपालन, फोहोर व्यवस्थापन लगायत धेरै क्षेत्रमा सकारात्मक प्रभाव पार्दछ। यस लेखमा EM को प्रयोग र यसबाट प्राप्त हुने फाइदाहरूबारे सरल भाषामा चर्चा गरिएको छ:
१. बोटबिरुवामा EM को प्रयोग र फाइदाहरू:
EM ले बोटबिरुवाको वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ। यसका मुख्य फाइदाहरू निम्न अनुसार छन्:
- माटोको स्वास्थ्य सुधार: EM ले माटोमा भएका हानिकारक जीवाणुलाई नष्ट गरी लाभदायक जीवाणुको विकास गर्दछ। यसले माटोको उर्वराशक्ति बढाउँछ, जसले गर्दा बोटबिरुवाको जरा बलियो हुन्छ र पोषक तत्व सजिलै प्राप्त गर्न सक्छन्।
- बीउको अंकुरणमा वृद्धि: बीउ रोप्नुअघि EM को घोलमा डुबाउनाले बीउ छिटो उम्रन्छ र स्वस्थ बिरुवा बन्छ।
- रोग प्रतिरोधात्मक क्षमता वृद्धि: EM लाई पातमा छर्दा बोटबिरुवामा लाग्ने विभिन्न रोगहरू कम हुन्छन् र बोटको रोग प्रतिरोधात्मक क्षमता बढ्छ।
- उत्पादनमा वृद्धि: EM को प्रयोगले बोटबिरुवाको वृद्धि र विकासलाई बढावा दिने हुँदा उत्पादनमा पनि वृद्धि हुन्छ।
- प्रयोग विधि: EM लाई पानीमा मिसाएर माटोमा छर्न सकिन्छ, बीउलाई EM को घोलमा डुबाउन सकिन्छ, अथवा पातमा स्प्रे गर्न सकिन्छ।
- माटोमा प्रयोग:
- EM लाई पानीमा मिसाएर छर्कने (१ लिटर EM लाई १० लिटर पानीमा मिसाउनुहोस्)।
- बोट बिरुवा वरिपरिको माटोमा पानी दिइसकेपछि छर्कनुहोस्।
- प्रत्येक हप्ता दोहोर्याउनुहोस्
- पातमा छर्कने:
- बोट बिरुवाको रोग नियन्त्रण र पातमा हरियाली बनाउन, EM मिश्रण (१:२०)यानिकि १ लिटर इएमलाई २० लिटर पानीमा मिसाउनुहोस् र पातमा छर्कनुहोस्।
- प्रत्येक हप्ता दोहोर्याउनुहोस्
२. बङ्गुर/सुँगुर पालनमा EM को प्रयोग र फाइदाहरू:
बङ्गुर/सुँगुर पालनमा EM को प्रयोगले खोरको वातावरण सुधार गर्नुका साथै पशु स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्दछ:
- खोरको दुर्गन्ध कम: EM ले खोरमा भएको अमोनिया ग्यासलाई कम गर्दछ, जसले दुर्गन्ध हट्छ र वातावरण स्वच्छ रहन्छ।
- पशुको स्वास्थ्य सुधार: EM ले पाचन प्रक्रियालाई सुधार्दछ, जसले गर्दा पशुको स्वास्थ्य राम्रो हुन्छ र रोग लाग्ने सम्भावना कम हुन्छ।
- उत्पादन क्षमतामा वृद्धि: स्वस्थ पशुले राम्रो उत्पादन दिन्छ, त्यसैले EM को प्रयोगले उत्पादन क्षमतामा पनि वृद्धि हुन्छ।
- प्रयोग विधि: EM लाई खोरमा स्प्रे गर्न सकिन्छ, पशुमाथि पनि मजाले स्प्रे गर्ने अथवा पशुको दानामा मिसाएर खुवाउन सकिन्छ।
- खोर सफा गरेपछि नियमित रूपमा EM समाधान छर्किदा दुर्गन्ध कम हुन्छ (EM:पानी = १:२०)
३. कुखुरा पालनमा EM को प्रयोग र फाइदाहरू:
कुखुरा पालनमा EM को प्रयोगले निम्नलिखित फाइदाहरू प्रदान गर्दछ:
- खोरको सरसफाई र दुर्गन्ध नियन्त्रण: EM ले खोरको फोहोरलाई कुहाएर दुर्गन्ध कम गर्दछ र खोरलाई सफा राख्दछ।
- रोग प्रतिरोधात्मक क्षमता वृद्धि: EM ले कुखुराको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, जसले गर्दा रोग लाग्ने सम्भावना कम हुन्छ।
- वृद्धि विकासमा सहयोग: EM ले कुखुराको पाचन प्रक्रियालाई सुधार्दछ, जसले गर्दा वृद्धि विकास राम्रो हुन्छ।
- प्रयोग विधि: EM लाई खोरमा स्प्रे गर्न सकिन्छ अथवा कुखुराको पानीमा मिसाएर दिन सकिन्छ।
- हरेक सातामा खोर सफा गरेपछि EM समाधान (EM:पानी = १:२०) छर्कने।
- खानेपानीमा (EM:पानी = १:१०००) प्रयोग गर्नाले कुखुराको रोग प्रतिरोधात्मक क्षमता बढ्छ।
४. घरायसी फोहोर व्यवस्थापनमा EM को प्रयोग र फाइदाहरू:
घरायसी फोहोर व्यवस्थापनमा EM को प्रयोगले निम्नलिखित फाइदाहरू प्रदान गर्दछ:
- फोहोरको कुहिने प्रक्रियालाई तीव्रता: EM ले जैविक फोहोरलाई छिट्टै कुहाएर कम्पोस्ट मल बनाउँछ।
- दुर्गन्ध नियन्त्रण: EM ले फोहोरबाट आउने दुर्गन्धलाई कम गर्दछ।
- वातावरण मैत्री: EM को प्रयोगले फोहोर व्यवस्थापनलाई वातावरण मैत्री बनाउँछ।
- प्रयोग विधि: भान्साको फोहोरमा EM छर्दा यो प्रक्रिया सुरु हुन्छ।
- फोहोर जम्मा गर्ने ठाउँमा EM छर्कने (EM:पानी = १:१०)।
- हरेक तहमा EM मिसाएर राख्नाले फोहोर छिटो कुहिन्छ।
५. गोबर मलको व्यवस्थापनमा EM को प्रयोग र फाइदाहरू:
गोबर मललाई छिट्टै कुहाउन र मलको गुणस्तर बढाउन EM को प्रयोग गर्न सकिन्छ:
- मल बनाउने प्रक्रियालाई छिटो: EM ले गोबरलाई छिट्टै कुहाएर मल बनाउँछ, जसले गर्दा मल प्रयोगको लागि छिट्टै तयार हुन्छ।
- मलको गुणस्तरमा वृद्धि: EM को प्रयोगले मलमा पोषक तत्वको मात्रा बढाउँछ, जसले बोटबिरुवाको लागि थप फाइदाजनक हुन्छ।
- दुर्गन्ध कम: EM ले गोबरबाट आउने दुर्गन्धलाई कम गर्दछ।
- प्रयोग विधि: गोबरमा EM मिसाएर थुपारेर राखेपछि मल बन्ने प्रक्रिया सुरु हुन्छ।
- गोबर जम्मा गर्ने ठाउँमा EM छर्कने।
- हरेक ७-१० दिनमा EM समाधान छर्कनुहोस् (१:१०)।
इफेक्टिभ माइक्रोअर्गानिज्म (EM) एक प्रभावकारी जैविक समाधान हो जसले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँछ। EM ले कृषि, पशुपालन, र फोहोर व्यवस्थापनमा मात्र नभई वातावरणीय सुधारमा पनि महत्वपूर्ण भूमिका खेल्छ। यसको प्रयोगले उत्पादन बढाउनुका साथै वातावरणीय प्रदूषण नियन्त्रण गर्न सकिन्छ।
खरिद गर्न तलको लिङ्कमा क्लिक गर्नुहोला।